काठमाडौँ, १३ पौष । केही दिनदेखि आन्दोलनरत व्यवसायीहरूले बुधबारबाट आन्दोलन स्थगित गर्ने निर्णय गरेका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेतृत्वमा विराटनगर, मोरङ लगायतका व्यवसायीहरू र अर्थमन्त्री विष्णु पौडेलबीच भेट वार्ता भएको छ । व्यवसायीहरूले कात्तिकदेखि राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा सम्बन्धि व्यवस्थाको कार्यान्वयन तत्कालको लागि रोक्नु पर्ने माग राखेका थिए। उनीहरूले हाल बैंक तथा वित्तीय संस्थाहरूले कर्जामा लिदै आएको ब्याजदर घटाउनु पर्ने, कोभीडको समयमा दिइएको कर्जा पुनरसंरचना तथा तालिकिकरण पुसमा सकिन लागेकोले यसमा थप समय दिनुपर्ने लगायतका माग राखेका छन् ।
महासंघकी पूर्वअध्यक्ष राणाले भनिन्, ‘वार्ता सकारात्मक रह्यो । आजबाट जिल्लाहरूमा भइरहेको आन्दोलन समेत स्थगित गरेका छौं, अर्थमन्त्री ज्यूले पुसभित्र हाम्रो मागहरू सम्बोधन हुने आश्वासन दिनुभएको छ । सबै माग अहिले पुरा गर्न नसकेपनि धेरैजसोमा सोच्न सकिने अर्थमन्त्रीले बताउनु भएको छ । भेटमा अर्थ र राजस्व सचिव सहित गभर्नर पनि हुनुहुन्थ्यो, त्यसैले समस्याको सम्बोधन हुनेमा हामी आशावादी भएका छौं ।’










प्रतिक्रिया दिनुहोस्