राजनीति

सत्ता साझेदार दलको बैठक आज बस्दै



काठमाडौँ, १४ पौष । सत्ता साझेदार दलको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने सत्तासाझेदार दलका अध्यक्षहरूको बैठकमा सरकारको नीति तथा कार्यक्रम, मन्त्रीपरिषद् विस्तार, पहिलो मन्त्रीपरिषद् बैठकले गरेका निर्णयको प्रभावकारी कार्यान्वयन, मुख्यमन्त्रीको भागबन्डालगायतका विषयमा छलफल हुनेछ ।

साथै सरकारमा सहभागी रहेका कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने विषयमा पनि विस्तृत छलफल हुनेछ ।