राजनीति

पूर्वस्वीकृति नलिई शैक्षिक मेला नगर्न शिक्षा मन्त्रालयको निर्देशन



काठमाडौँ, १४ पौष । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्व स्वीकृति लिएर मात्रै शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको उच्च शिक्षा महाशाखाको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै पूर्व स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रद्धर्शनीको आयोजना गर्दा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।