समाचार

४७ लाख डोज खोप मौज्दात



काठमाडौँ, १४ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार १२ र सोभन्दा माथिका दुई करोड २३ लाख २४ हजार ९३३ जनाले दुई डोज र दुई करोड ३२ लाख ८ हजार ४८३ जनाले पहिलो डोज खोप लगाएका छन् । तर, बुस्टर डोज खोप लगाउनेको संख्या भने ७९ लाख ७२ हजार ७९१ मात्रै रहेको छ ।

स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार देशभरका कोल्चेनमा गरेर अहिले ४७ लाख ६१ हजार डोज खाप मौज्दात छ । त्यसमा साइनोभ्याक र भेरोसेल ४२ लाख ८० हजार डोज छ भने १२ वर्षमुनिका बालबालिकालाई दिनमिल्ने फाइजर खोप चार लाख ८० हजार डोज रहेको छ ।