काठमाडौँ, १४ पौष । नेप्से परिसूचक आज ५६.८८ अंकले बढेर बन्द भएको छ । बुधबार १२ अंकको करेक्सन देखिएको थियो । गएको सोमबार र मंगलबार गरी दुई दिनमा ११७ अंकले बढेको थियो ।
नयाँ सरकार बनेसँगै लगातार दुई दिन बढेर बजारमा तेस्रो दिन करेक्सन देखिएको थियो । केही समयअघि लगातार गुमाएका लगानीकर्ताले आफ्नो ‘प्रोफिट बुक’ गर्दा बुधबार नेप्से घटेको थियो ।
तर, बिहीबार एकै दिन परिसूचक २.८८ प्रतिशतले वृद्धि भएर २०२९.०३ विन्दुमा रोकिएको छ । बुधबार परिसूचक १९७२ विन्दुमा बन्द भएको थियो । बिहीबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन ८० लाख २४ हजार ५५९ कित्ता सेयर दुई अर्ब ८६ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । बुधबार दुई अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
एक दिनमै कारोबार रकम ७० करोड ६७ लाख रुपैयाँले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । मंगलबार करिब चार अर्ब रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्