समाचार

बिजुलीकाे पाेलमा माेटरसाइकल ठाेक्किँदा एक जनाको मृत्यु



धनुषा, १४ पौष । मोटरसाइकल दुर्घटना हुँदा धनुषामा आज एक जनाकाे मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको हो ।

गिद्धादेखि यदुकोहा जाँदै गरेको बेला ठाकुरले चलाइरहेकाे मधेश प्रदेश २ ००६ प १८१९ नम्बरको मोटरसाइकल शहीदनगर नगरपालिका ६ हठीपुरमा दुर्घटना भएकाे हाे । माेटरसाइकल वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडक खण्डको कल्भर्ट नजिकैकै बिजुलीकाे पाेलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।