समाचार

नीलगाई मार्ने तीन जना पक्राउ



कपिलवस्तु, १६ पौष । कपिलवस्तुमा नीलगाई​ मार्ने तीन जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई​ मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएको हो । सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकामा जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरका ३२ वर्षीय जमिलअहमद चौधरी मुसलमान, महाराजगंज वडा नम्बर २ पडरियाका ३८ वर्षीय नसरुल्लाह मुसलमान र सोही स्थानका २१ वर्षीय मोहम्मद ईमरान मुसलमान रहेको जनाइएको छ । नियन्त्रणमा लिएका व्यक्तिलाई वन्यजन्तु सम्बन्धी ऐन अनुसारको मुद्दा चलाई थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।