विराटनगर, १७ पौष । प्रदेश-१ का प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान भएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ ।










प्रतिक्रिया दिनुहोस्