समाचार

आजको मौसम



काठमाडौँ, १८ पौष । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

त्यस्तै आज राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको आलकन महाशाखाले गरेको छ । हल्का वर्षा, हल्का हिमपात र तराईका केही भू–भागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवनयापन, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।