समाचार

बैंकको एटीएम फोड्दा-फोड्दै एक जना पक्राउ



काठमाडौँ, १८ पौष । एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेको हो ।

आइतबार राति चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा-फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।