समाचार

ट्रकको ठक्कबाट मोटरसाइकल चालकको मृत्यु



चितवन, १८ पौष । चितवनको भरतपुर महानगपालिका–२९, केराबारीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो साँझ करिब साढे ६ बजे ना६ख ३३१२ नम्बरको ट्रकले वाग्मती प्रदेश ०३ ००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक तनहुँको भानु नगरपालिका–८ का ३८ वर्षीय सञ्जीवबहादुर रायमाझीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । हिठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीचौकी जुगेडीले नियन्त्रणमा लिएको छ ।