राजनीति

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी छ : प्रमुख निर्वाचन आयुक्त



काठमाडौँ, १८ पौष । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरिएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल फागुनमा सकिन लागेकाले फागुनमै दुबै पदको निर्वाचन पुरा गर्न सकिने उनले बताए ।

उनले भने, ‘हामीसँग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न पर्याप्त समय छ । फागुनमै निर्वाचन पुरा गर्न सक्छौं । त्यसका लागि कुनै समस्या छैन’ ‘राजनीतिक दलहरुबीच सहमति भएमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमै गर्न सक्छौं ।’