गुल्मी, २० पौष । गुल्मीमा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
गुल्मीको धुर्काेट गाउँपालिका वडा नंं. २ पिपलधाराकी ५२ वर्षीया शिवकला खनालको भीरबाट लडेर मृत्यु भएको हो ।
आज दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकी थिइन् । घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेको केही समयमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खनाल भीरबाट करिब दुई सय मिटर तल खसेको स्थानीयले जनाएका छन् । शवलाई पोस्टमार्टमको लागि गुल्मी अस्पताल लगिएको प्रहरीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्