राजनीति

सुदूरपश्चिममा संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो निर्वाचन समिति



धनगढी, २० पौष । सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयनका लागि कांग्रेसले निर्वाचन समिति गठन गरेको छ ।

प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

समितिको सदस्यमा उपसभापति जनकराज चौधरी, सहमहामन्त्री नरनारायण शाह, सुरत रावत र रामबहादुर देउवालाई राखिएको छ । उक्त निर्वाचन समितिले अब संसदीय दलको नेता सर्वसम्मत चयन हुन नसकेमा मतदानको प्रक्रिया अघि बढाउनेछ । कांग्रेस संसदीय दलको नेताका विषयमा छलफल गर्न मंगलबार कांग्रेस सुदूरपश्चिमको पदाधिकारी बैठक बसेको थियो । बैठकले दलको नेताका आकांक्षीहरूको धारणा सुन्दै सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो ।