काठमाडौँ, २० पौष । रोल्पा क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् ।
आज बालुवाटार पुगेर उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट खादा लगाएर पुनः पार्टीमा सक्रिय हुने बताएका हुन् ।
लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दीपेन्द्रले माओवादी केन्द्रमै रहेर काम गर्ने व्यहोराको पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन् । गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी भारी मतान्तरले प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।










प्रतिक्रिया दिनुहोस्