राजनीति

प्रधानमन्त्रीद्वारा सिंहदरबारका संरचनाको अवलोकन



काठमाडौँ, २० पौष । प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् ।

आज प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका हुन् ।

यस्तै प्रधानमन्त्रीले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरेका छन् ।