काठमाडौँ, २१ पौष । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ को हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहनेछ । त्यस्तै आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्