काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ ।
प्रधानन्यायधीश कार्कीले नेपाल साप्ताहिकसँगको अन्तर्वार्तामा यो तथ्य सार्वजनिक गरेकी छिन् । ‘अब म त हिँड्ने बेला भयो,खुलेरै भन्नुपर्छ यो कुरा’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन लागेको प्रधानन्यायाधीश कार्कीले भनिन्,‘लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि प्रचण्डले बोलाउनु भयो । उहाँ भारत भ्रमणबाट आएको भोलिपल्टैको दिन थियो र मुद्दाको कुरा निकाल्नुभयो ।’
दाहालल उदृत गर्दै कार्कीले भनिन्, ‘ तपाईले निस्सा दिएर बबाल गर्नुभयो, लोकमान्जीले मलाई धम्क्याए। म यो कुर्सीमा सात महिना बस्छु म बसुन्जेल मुद्दा रोकिदिनुहोस्। म गए पछि फैसला गर्नुहोला।’
कार्कीले अगाडि भनिन्,‘त्यसपछि मैले भने, अब मेरो हातमा छैन । मुद्दाले आफ्नो कोर्स लिइसक्यो । मैले मुद्दा हेर्दा पनि हेर्दिन अर्को बेन्चले हेर्छ भन्दिएँ ।
त्यसैगरी अन्य मुद्दामा पनि भनसुन र दबाब दिन थालेपछि उनलाई भेट्न छाडेकोसमेत उनले खुलाइन् । ‘उहाँले तीन खेप बोलाउनुभयो । एक पटक लोकमानको मुद्दा भएको बेला, अर्को पटक सीमांकन विवाद हुँदा र अर्को पटक केमा हो मैलै विर्सिएँ ।
कार्कीले भनिन्,‘ तीनै पटक म पाँच पाँच मिनेट बसेँ हुँला चियाँ खाए निस्किएँ । राज्यका दुई निकायका प्रमुखबीचको भेटलाई मैले सुरूमा शिष्टाचारकै रूपमा लिएँ । तर जति पटक मैले भेटेँ र निस्कन नपाउँदै उहाँले कुरा मिलिसक्यो भनेर मिडियालाई भन्न थाल्नुभयो । त्यसपछि म प्रचण्डसँग सतर्क भएँ ।’ कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्