मनोरञ्जन

श्रृंखला खतिवडाले गाउँपालिकालाई हस्तान्तरण गरिन् स्वास्थ्य चौकी



काठमाडौँ, २२ पौष । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले स्वास्थ्य चौकी निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेकी छन् ।

उनले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका-७ स्थित ताम्लाङमा स्वास्थ्य चौकी निर्माण गरेकी थिइन् ।

गाउँपालिकालाई ङिको स्वास्थ्यचौकी हस्तान्तरण गरिएको र मासिक ३०० जना बिरामीले सेवा लिइरहेको श्रृंखलाले जानकारी दिएकी छन् । दुई वर्ष लगाएर सम्पन्न भएको यो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि उनीहरुको अथक योगदानका लागि श्रृंखलाले धन्यवाद दिएकी छन् ।