मनोरञ्जन

चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने सविन श्रेष्ठको घोषणा



काठमाडौँ, २२ पौष । अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुँदैछ । देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा उनले अघि सारेका छन् ।

त्यस्तै कलाकार संघको आसन्न चुनावमा कलाकार तथा वर्तमान प्रवक्ता मोहन निरौलाले पनि अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।