काठमाडौँ, २२ पौष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनबीच भेटवार्ता भएको छ ।
भेटमा राजदूत थोम्पसनले मन्त्री श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएका उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हितका विषयमा र नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका बारेमा कुराकानी भएको छ ।










प्रतिक्रिया दिनुहोस्