समाचार

दादुरा प्रभावित क्षेत्रमा खोप अभियान चलाउने सरकारको तयारी



काठमाडौँ, २२ पौष । सरकारले दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार तत्कालका लागि बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान सुरु गर्न लागिएको हो ।

नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक ३१ महिनाका बालकको मृत्यु भएको छ भने २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । बाँकेलाई दुई वर्षअघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो ।

गएको १३ गतेदेखि दादुराका बिरामी फेला परेको नेपालगञ्ज उपमहानगरपालिका ७ वटा वडामा सङ्क्रमण फैलिएको छ । सङ्क्रमित हुने बालबालिका ५ देखि १२ वर्ष उमेर समूहका छन् ।