समाचार

वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा श्रेष्ठको चर्चा



 

व्यवसायीको हित नै प्रमुख एजेन्डा

काठमाडौंः पछिल्लो समयमा वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको निकै चर्चा सुुरु भएको छ ।

निर्वाचन नजिकीएसँगै आगामी कार्यकालमा कसले संघको नेतृत्व गर्ने भन्ने विषयमा सक्षम नेतृत्वको खोजी भइरहेको छ ।

संघको नेतृत्वमा जानका लागि यति बेला संघमा दुइ कार्यकाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा काम गरेको अनुुभव भएकी श्रेष्ठ सदस्यहुँदै सचिव भइसकेकी छिन् । केही समयमा हुने अधिवेशनमा उनी महासचिवमा उमेद्वारी दिने तयारीमा छिन् ।

व्यवसायी माझ परिचीत श्रेष्ठ व्यवसायीहरुको हक हितमा सदैव लाग्ने गरेकी छिन् । उनी संघमा बसेर मात्र हैन बाहिर नै रहेर पनि व्यवसायी र कामदारको हितमा काम गरिरकेही छिन् । व्यवसायीको अहितमा हुने हरेक आन्दोलनमा उनी अग्र मोर्चामा रहेर निडर रुपमा लडि रकेही छिन् ।

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चको उपाध्यक्षसमेत रहेकी श्रेष्ठलाई संघको महासचिवमा उमेद्वारी दिन लगाउने विषयमा सम्भवतः सहमति भइसकेको छ । संघको प्रमुख भूमिकामा श्रेष्ठलाई ल्याउनु पर्छ भनेर यो बेला मञ्चमा पनि निकै भएको बुझीएको छ ।

महिला तथा निकै जुझारु व्यवसायी श्रेष्ठ सफल नेतृत्वकर्ता रुमा आफुलाई व्यवसायीमाझ उभ्याउने योजनामा छिन् । यस अघि उनले गरेका कामका कारण पनि यतिबेला उनको संघमा आवश्यक रहेको व्यवसायीहरुले बताउन थालेका छन् ।

हाल संघका बाध्यताका कारण पनि महिलालाई स्थान दिइने गरेको छ । जसमा बढीमा कोषाध्यक्ष भन्दा माथी जान दिइएको छैन । श्रेष्ठ मात्र नभएर उनी जस्ता क्षमता भएका अन्य महिला व्यवसायीहरु पनि नेतृत्वमा पछि परिरहे रहेका छन् । अन्य क्षमतावान व्यवसायीहरुलाई संघमा गएर आफ्नो कार्यकुशलता देखाउने दर्बिलो माध्यम पनि हुन, श्रेष्ठ ।


संशोधनको क्रममा रहेको ऐनमा कामदारलाई अधिकार मात्र दिएर हैन की उनीहरूलाइ जिम्मेवार पनि बनाउनु पर्ने उनको प्रमुख एजेन्ड रहेको छ । कामदारलाइ जिम्मेवार नबनाइँदा व्यवसायीहरुले विभिन्न समस्या भोग्नु परेको उनकाे बुझाई रहेकाे छ ।

२०६४ सालबाट मदिना इन्टरनेशनल मेनपावरको स्थापना गरेकी श्रेष्ठ नेपाल प्रगतिशिल वैदेशिक रोजगार मञ्चको उपाध्यक्ष हुन । मञ्चको प्रथम सम्मेलनमा उनी सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

आमजनमानसले म्यानपावर व्यवसायलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनु पर्छ भन्ने अभियानमा लागेकी श्रेष्ठ २०६६ सालको वैदेशिक रोजगार व्यबसायी संघको चुनावमा बलबहादुर तामाङको प्यानलबाट सदस्य पदमा अत्याधिक मतले बिजयी भएकी थिइन् ।

सोमलाल बाटाजूको नेतृत्वमा संघको सदस्यमा निर्वाचीत भएलगत्तै व्यवसायीको हीतमा आवाज उठाउँदै आएकी छिन् ।

विभिन्न सभा सभा सम्मेलन, सेमिनारहरुमा समेत व्यवसायिक मुद्धाहरु उठाउँदै संघको प्रतिनिधि गरेकी श्रेष्ठ फिलिपिन्समा आईओएमले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा वैदेशिक रोजगार बिभागबाट छनौटमा परि सम्पूर्ण व्यवसायीको प्रतिनिधित्व गर्दै सहभागी सहभागी बनेकी थिइन् ।

मलेसिया, कतार लगायतका देशमा काम गर्ने व्यवसायीहरुले अनहकमा पाउने दुःखका बारेमा जानकार श्रेष्ठ सरकारले व्यवसायी कामदारको अहितमा गरेका हरेक निर्णयको विरोधमा उत्रदै व्यवसायीको हकहितमा लागि रहिन् ।

सदैव व्यवसायीको हितमा काम गर्न रुचाउने श्रेष्ठ आफु संघको महासचिवमा निर्वाचीत भएको खण्डमा यो क्षेत्र व्यवस्थित, मर्यादित र सम्मानित बनाउने योजनामा छिन् ।