काठमाडौँ, २३ पौष । प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि फाइभजी परीक्षण गर्ने समय पछि सरेको छ ।
यसअघि पुस १७ गते परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन । यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको छ ।
टेलिकमका अनुसार फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइलको उपलब्धता अध्ययन गरेपछि यसको परीक्षण सुरु हुनेछ । टेलिकम अहिले भने बजारमा २६ सय मेगाहर्ज ब्यान्ड सपोर्ट गर्ने मोबाइलको उपलब्धताको सर्वेक्षणमा जुटेको छ । त्यसका आधारमा अबको केही हप्तामै यसको सार्वजनिक परीक्षण सुरु गरिने छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एक वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने सर्तसहित टेलिकमलाई २६ सय मेगाहर्जमा आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको थियो तर धेरैजसो मोबाइलले २६ सय मेगाहर्ज सपार्ट नगर्ने पाइएको टेलिकमले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्