राजनीति

प्रधानमन्त्री प्रचण्ड र बाबुरा भट्टराईबीच भेटवार्ता



काठमाडौँ, २३ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जनाएको छ । भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको छ ।