समाचार

आजको मौसम



काठमाडौँ, २४ पौष । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका तीन प्रदेशका पहाडी भूभागमा आज दिउँसो आंशिक बदली रहने पूर्वानुमान छ । अहिले पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका धेरै भू–भागमा हुस्सुरकुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश नम्बर–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।