काभ्रे, २४ पौष । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६, हस्पिटल चोकमा मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ का ३० वर्षीय राजकुमार बानियाँको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
गए राति करिब १० बजे हस्पिटल चोकबाट धुलिखेलतर्फ जाँदै गरेको बा८०प ९०४८ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।










प्रतिक्रिया दिनुहोस्