समाचार

हप्तामा ४० घण्टाभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा



काठमाडौँ, २६ पौष । सरकारले हप्तामा ४० घण्टाभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा दिने भएको छ ।

प्रतिनिधिसभा बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले सरकारी सेवामा स्वास्थ्यकर्मीको आकर्षण बढाउन यस्तो व्यवस्था गर्न लागिएको बताए ।