अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २६ पौष । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।