काठमाडौँ, २१ जेठ । व्यवस्थापिका –संसद्को आज बिहान ११ बजेका लागि निर्धारण भएको बैठक अपराह्न ३ बजे हुने भएको छ ।
प्रमुख राजनीतिक दलले सहमतिका निम्ति केही समय माग गरेकाले बैठकको समय पर सारिएको सभामुखका प्रेस संयोजक बबिन शर्माले बताउनुभयो । प्रमुख विपक्षी दल नेकपा ९एमाले०ले केही दिनअघिदेखि जारी राखेको संसद् अवरोध खुलाउने प्रयासस्वरुप प्रमुख दलले समय माग गरेको बताइएको छ ।
आजको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले नेपालको संविधानको धारा २९८ को उपधारा ३ एवम् व्यवस्थापिका संसद्, नियमावली २०७३ को नियम ४९ को उपनियम ४ बमोजिम नेपालको प्रधानमन्त्री पदमा उम्मेदवारीको सूचना प्रस्तुत गर्ने कार्यसूची छ ।
उक्त उम्मेदवारीको सूचनाका प्रस्तावकमा नेकपा९माओवादी केन्द्र०का सांसाद पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सांसद रामचन्द्र पौडेलसहित पाँच जना संसद् सदस्य समर्थक हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्