काठमाडौँ, २७ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संघीयतालाई बलियो बनाउनेबारे कुराकानी भएको बताइएको छ ।
भेटका अवसरमा संघीयताको मर्मअनुसार काम गर्नेबारे पनि कुराकानी भएको छ । प्रचण्डले असाधारण विश्वासको मत पाएकोमा बधाई दिएको र मुख्यमन्त्री बनेकोमा प्रचण्डले पनि बधाई दिएको मुख्यमन्त्री अधिकारीले बताए । एमाले नेता अधिकारी पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २९ गते विश्वासको मत लिंदैछन् ।










प्रतिक्रिया दिनुहोस्