राजनीति

अनेरास्ववियुको २३औं महाधिवेशन फागुनमा हुने



काठमाडौँ, २७ पौष । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु)को २३ औं महाधिवेशन फागुनमा हुने भएको छ ।

बुधबार बसेको अनेरास्ववियुको पदाधिकारी बैठकले २३ औं राष्ट्रिय महाधिवेशन फागुन २, ३ र ४ गते काठमाडौँमा गर्ने निर्णय गरेको जनाएको छ । त्यसका साथै अधिवेसन नभएका कमिटीहरुको अधिवेसन माघ १५ गतेसम्म गरिसक्न सर्कुलर पठाउने निर्णय गरेको छ ।

अनेरास्ववियुले महाधिवेशन, अधिवेसन समयमा सकेर स्ववियु निर्वाचनको लागि होमिने जनाएको छ । त्रिविले स्ववियु निर्वाचन चैत ५ गते गर्ने घोषणा गरेको छ ।