मनोरञ्जन

बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौँमा



काठमाडौँ, २८ पौष । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौँ आइपुगेकी छन् ।

नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्गमा आयोजना गर्न लागेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिनका लागि उनी काठमाडौँ आइपुगेकी हुन् ।

नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्। ‘मलाई यो एक्स्पोमा भाग लिन पाउँदा खुसी लागेको छ’, उनले भनिन् ।

ज्वेलरी फेसन शोमा मलाइका नेपाली पोशाक र गरगहनाका साथ र्‍याम्पमा उत्रिने संघले जनाएको छ । एक्स्पोको उद्घाटन भने भोलि शुक्रबार होटल याक एन्ड यतिमा १२:३० मा हुने तय भएको संघले जनाएको छ ।