काठमाण्डौ,२८ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको पक्षमा ३१ र विपक्षमा २७ जनाले मत दिएका छन् । बहुमत पुर्याउन ३१ सांसद भए पुग्छ ।
एक जना सांसद अनुपस्थित रहे भने सभामुखको भूमिका निर्वाह गरेका एमालेका मित्रलाल बस्याल मतदान प्रक्रियामा सहभागी भएनन् । स्वतन्त्र निर्वाचित राजीव गुरुङ ९दीपक मनाङे० अनुपस्थित भएका हुन् । उनले सरकार बनाउँदा मुख्यमन्त्री अधिकारीलाई समर्थन गरे पनि विश्वासको मत भने नदिने घोषणा गरेका थिए ।
13 January 2023 16:31 PM










प्रतिक्रिया दिनुहोस्