अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ४५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।