बुटवल, २ माघ । पश्चिम नवलपरासीमा बस र कार ठोक्किंदा कार चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका १२ भुमही नजिकै भएको दुर्घटनामा ३५ वर्षीय ईन्द्रमणि पौडेलको मृत्यु भएको हो ।
मृतक पौडेल अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएको खुलेको छ ।दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं को बस र विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते पौडेललाई जिल्ला अस्पताल परासी पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्