समाचार

आजको मौसम



काठमाडौँ, ३ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पहाडी भू–भागमामा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।