राजनीति

रास्वपाले मन्त्रीहरु टुंग्यायो, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री



काठमाडौँ, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।

यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् ।