समाचार

विमान दुर्घटनामा निधन भएका ४८ जनाको शव काठमाडौँ ल्याइयो



काठमाडौँ, ३ माघ । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ४८ जनाको शव काठमाडौं ल्याइएको छ ।

पोखरामा पोस्टमार्टम हुन नसकेका ४८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।

२२ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

७२ जना सवार यति एयरको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । जसमध्ये ७० जनाको शव भेटिएको हो भने २ जनाको स्थिति अझै अज्ञात छ ।