राजनीति

स्वास्थ्यमन्त्री गिरीको पदवहालीसंगै बोल्ड निर्णय



काठमाडौ ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पदबहालीमै जनताको पक्षमा बोल्ड निर्णय लिनुभएको छ ।
राष्ट्रपति भवन शीतवनिवासमा पद तथा गोपनीयताको सपथ लिएर स्वास्थ्य मन्त्रालय आउनु भएका मन्त्री गिरीले पदभार ग्रहण गर्दै स्वास्थ्य संस्था तथा अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड लागु गराउने बोल्ड निर्णय गर्नुभएको हो ।
मन्त्री गिरीले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्र्तगत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । राज्यमन्त्री डा। तोसिमा कार्कीलाई आफूसँगै लिएर आउनु भएका मन्त्री गिरीले जनताको स्वास्थ्यमा खेलवाड गर्न नदिन यस्तो निर्णय लिनुभएको हो ।
स्वास्थ्य राज्यमन्त्री डा। कार्कीका अनुसार न्यूनतम सेवा मापदण्डमा कुन अस्पतालले कुन सेवा दिने भन्ने किटान हुनेछ । मापदण्डमा आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र, क्षेत्रीय अस्पताल र माथिल्लो अस्पतालमा हुुनुपर्ने सेवा, उपकरण, कर्मचारीको दरबन्दी आदि उल्लेख हुनेछ ।