राजनीति

‘देश अहिले शोकमा छ, मलाई खादामाला नलगाइदिनु होला’



काठमाडौँ, ३ माघ । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले देश शोकमा रहेकाले खादा माला नलगाइदिन आग्रह गरेका छन् ।

माओवादी केन्द्रबाट मन्त्री बनेका किरातीले पदभार ग्रहण गर्दै खादा माला नलगाइदिन बरु खादा माला किन्ने पैसा सहयोग पेटिकामा चढाउन आग्रह गरेका हुन् ।

उनले उड्डयन क्षेत्रमा देखिएका समस्यामा आजैबाट काम गर्ने बताए । आइतबार पोखरामा भएको विमान दुर्घटनालाई जोड्दै किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो भन्नेबारे प्राधिकरणसँग जानकारी लिने बताए । देशको अर्थतन्त्र जर्जर रहेको भन्दै मन्त्री किरातीले मन्त्रालयमा कुनै पनि नयाँ सामान नकिन्न निर्देशन दिए ।