राजनीति

वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति सुमेरु अस्पताल पुगे



काठमाडौँ, ४ माघ । उपराष्ट्रपति नन्दकिशोर पुनले ललितपुरको सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् ।

उपराष्ट्रपति पुन आज बिहानै अस्पताल पुगेर वर्षमानको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् । भेटका क्रममा चिकित्सकहरूले नेता पुनको अवस्था क्रमिकरुपमा सुधार हुँदै गएको जानकारी गराएका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।