Banner News

सभामुखमा एमालेका देवराज घिमिरेद्वारा उम्मेदवारी दर्ता



काठमाडौँ, ४ माघ । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् ।

आज संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।

सभामुखको मतदान भोली ११ बजे प्रतिनिधि सभा बैठकमा हुनेछ ।