समाचार

जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काम गर्न रोक



विराटनगर, ५ माघ । विराटनगरको कोसी अस्पतालमा उपचारार्थ भर्ना गरिएकी १८ दिने शिशुलाई मृत घोषित गर्ने चिकित्सकसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाइएको छ ।

हाइपोथर्मिया भएकी शिशुलाई मृत घोषित गरी घर पठाउने अस्पतालका मेडिकल अफिसर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काममा रोक लगाइएको हो । घटनाबारे छानबिन गर्न अस्पतालले बिहीबार छानबिन समिति गठन गरेको छ । अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्य समिति गठन गरिएको हो ।

चिकित्सक यादवसहित अहेब लक्ष्मण माझी र टीका अधिकारीलाई काममा रोक लगाइएको अस्पतालले जनाएको छ ।