अर्थ

अर्थका खर्च कटौतिका १७ योजना: खानीपानीदेखि पत्रिकासम्म नकिन्ने



काठमाडौँ, ६ माघ । अति आवश्यकबाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरूत्साहित गर्ने, सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल फेर्नेदेखि मिनरल वाटरको सट्टा जारको पानी खानेसम्मका योजनाका साथ अर्थ मन्त्रालयले सरकारको खर्च घटाउने भएको छ । अर्थ मन्त्रालयले मातहतका सबै महाशाखालाई चालू खर्च घटाइनेसम्बन्धी मापदण्डसम्बन्धी १७ बुँदे निर्देशन जारी गर्दै सो योजना सार्वजनिक गरेको हो ।

अर्थले अनावश्यक रूपमा हिटर, पंखा पनि नचलाउने नीति बनाएको छ । बजेट निर्माणमा अतिरिक्त खटेका कर्मचारीको भत्ता पनि घटाउने गरी निर्देशन दिइएको छ । कार्यालयमा प्रयोग भएका पर्दा, कार्पेट तथा फर्निसिङको सामग्रीको उच्चतम प्रयोग गर्ने, सम्भव भएसम्म नयाँ सामान खरिद नगर्ने निर्देशनमा उल्लेख छ । पत्रिकाको नयाँ वार्षिक ग्राहक नबन्ने तथा नविकरणका लागि पनि कन्जुस्याइँ गर्ने भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।