राजनीति

प्रधानमन्त्री दाहालद्वारा मृत्युपश्चात अंगदान गर्ने घोषणा



काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अंगदान गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत पनि अंगदान गर्ने जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु। यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु ।’