समाचार

नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण



काठमाडौँ, ६ माघ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

बिहान काठमाडौँमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौँ विमानस्थलले जनाएको छ ।