Banner News

हामी छिमेकी मुलुकहरुसँग कुनै कार्ड खेल्दैनौं : अध्यक्ष ओली



काठमाडौँ, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखल्ने बताएका छन् ।

आज एमालको परराष्ट्र मामिला विभागले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘दुईटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौं । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।’ हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं । उनीहरुको कुभलो गर्दैनौं । भलो चिताएर उनीहरुलाई सहयोग पुर्‍याएर उनीहरुका जायच चासो, चिन्तालाई सम्बोधन गरेर अगाडि जान्छौं ।’

ओलीले राष्ट्रहितलाई ध्यानमा राखेर बाह्य र अन्तर्राष्ट्रिय सम्बन्ध राखिने बताए । उनले पञ्चशीलका सिद्धान्तका आधारमा परराष्ट्र नीतिप्रति नेपाल पनि प्रतिवद्ध रहेको भन्दै कतिपय देशहरुले अपनाउने परराष्ट्र नीतिका कारण विलय हुनुपरेको स्मरण गराए । उनले भने, ‘कुनै पनि देशले आफ्नो अवस्थिति, विकासको अवस्था, आफ्नो विकास र सुरक्षालाई ध्यानमा राखेर नै अगाडि बढाउँछ । यसमा हामीले ध्यान दिनुपर्ने भूराजनीतिक स्थिति पनि छ’, ‘भौगोलिक अवस्था, विकासको स्तर, हाम्रो अर्थतन्त्रको स्टे«न्थ लगायतका यी परिस्थितिलाई ध्यानमा राखेर नीति अवलम्बन गर्नुपर्छ ।’