Banner News

सिडियाेसहित ७० सहसचिव र उपसचिवको सरूवा (सूचीसहित)



काठमाडौँ, ७ माघ । गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी मन्त्रालयका सहसचिव र उपसचिव सहित ७० जनाको सरुवा गरेको छ । शुक्रबार मन्त्रिस्तरिय निर्णय गर्दै गृहले ठु्लो संख्यामा प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो ।

गृहमन्त्रालयका अनुसार सरुवा गरिएकाहरुमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचय पत्रकी उपसचिव मिना अर्याललाएई जिल्ला प्रशासन कार्यालय अर्घाखाचीको प्रजिअमा, सिराहका प्रजिअ लालबाबु कवारीलाई गोरखामा, दोलखाका भोजराज खतिवडालाई सिराहामा, गृहमन्त्रामलयका उपसचिव शेखर पौड्याललाई दोलखाको प्रजिअमा, रोल्पाका नवराज सापकोटालाई बारामा, रुकुमाका परमानन्द घिमिरेलाई रोल्पाको प्रजिअमा सरुवा गरिएको छ ।

यसैगरि अछामका प्रजिअ रामदत्त पाण्डेलाई गृहमन्त्रालयमा, सिन्धुलीका रमेश न्यौपानेलाई सिन्धुपाल्चोकमा, प्युठानकी सुनिता नेपाललाई सिन्धुलीको प्रजिअमा, सर्लाहीका थानेश्वर गौतमलाई गृहमन्त्रालयमा, राष्ट्रिय परिचय पत्रका लक्ष्मण ढकाललाई अछामको प्रजिअमा, गृुल्मीका पुण्यविक्रम पौडेललाई काभ्रेपलाञ्चोकमा, राष्ट्रिय परिचयपत्रका निर्देशक सागरमाणि पाठकलाई गुल्मीको प्रजिअमा, गृहमन्त्रालयकी लीलाकुमारी केसीलाई धनकुटाको प्रजिअमा सरुवा गरिएको छ ।

यसैगरि ओखलढुंगाका प्रजिअ दिलकुमार तामाङलाई गृहमन्त्रालयमा ,काभ्रेका हुमकला पाण्डेलाई सुनसरीमा , चितवनका आशमान तामाङलाई गृहमन्त्रालयमा, वाग्लुङका रमेश ढकाललाई धादिङमा, नुवाकोटका नारायण प्रसाद रिसाललाई गृहमन्त्रालयमा ,झापाका छविलाल रिजाललाई तनहुँको प्रजिअमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

यसैगरि तनहुँका प्रजिअ विश्वप्रकाश अर्याललाई नवलपरासी वर्दघाट सुस्ता पश्चिमको प्रजिअमा, मोरङका प्रजिअ काशीराज दाहाललाई धनुषाको प्रजिअमा, धनकुटाका युवराज कटेललाई कैलालीको प्रजिअमा, गृहमन्त्रालयका सहसचिव शिवराम पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचयपत्रका महानिर्देशक तीर्थराज भटट्राइलाई मोरङको प्रजिअमा, गृहमन्त्रालयका सुरेन्द्र पौडेललाई चितवनको प्रजिअमा, सल्यानका विपिन आचार्यलाई बाकेको प्रजिअमा, इलाका प्रशासन कार्यालय साँखुका कृष्णचन्द्र पौडेललाई सल्यानको प्रजिअमा,धादिङका कृष्णप्रसाद लम्साललाई नवलपरासी बर्दघाटसुस्ता पुर्वको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै नवलपरासी वर्दघाट सुस्त पुर्वका सुमन घिमिरेलाई गृहमन्त्रालयमा, दाङका हिरालाल रेग्मीलाई पर्साको प्रजिअमा, लम्जुङका सुशील वैद्यलाई दाङको प्रमुख जिल्ला अधिकारीमा, पर्साका प्रजिअ उमेशकुमार ढकाललाई गृहमन्त्रालयमा, जेलर बसन्तराज पुरीको जिल्ला प्रशासन कार्यालय लमजुङको प्रजिअमा, भक्तपुरकी रुद्रादेवी शर्माको गृहमन्त्रालयमा, सुर्खेतका खगेन्द्र प्रसाद रिजालको भक्तपुरको प्रजिअमा, पर्वतका नारायण प्रसाद सापकोटाको सुर्खेतको प्रजिअमा, तनहँुका सहायक प्रजिअ चित्रांगत बराललाई पर्वतको प्रजिअमा, नवलपरासी वर्दघाट सुस्ता पश्चिमका श्रवण कुमार पोखरेललाई इलामको प्रजिअमा, अर्घाखाँचीका शशीधर घिमिरेलाई स्याङ्जाको प्रजिअमा सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।