Banner News

प्रतिनिधि सभाको उपसभामुखमा रास्वपा सांसद इन्दिरा राना निर्वाचित



काठमाडौँ, ७ माघ । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छिन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा रानाको पक्षमा १६६ जना सांसदले समर्थन जनाए भने उनको विपक्षमा जनाले मत ९७ हाले ।

यस्तै तटस्थमा नेमकिपा सांसद प्रेम सुवालले एक मत दिए । प्रतिनिधि सभामा कूल २७५ सांसद मध्ये २६४ सांसद उपस्थित भएका थिए । राना सत्तागठबन्धनको सझा उम्मेदवार रहेकी थिइन् ।